लामो समयपछि हलमा नेपाली सिनेमा
नेपालखोज
२०७७ चैत १३ गते १३:४०

काठमाडौं । कोभिड-१९ का कारण लामो समय बन्द रहेका नेपाली सिनेमा हलहरु विस्तारै जुर्मुराउने प्रयासमा छन् । यसक्रममा नयाँ नेपाली चलचित्र ‘गुड फ्रेण्ड’ अर्को शुक्रवार अर्थात चैत २० गते प्रदर्शनमा आउने भएको छ ।
कोरोना संक्रमणको त्रास एक वर्षपछि पुन: बढीरहेकै बेला ‘गुड फ्रेण्ड’ निर्माण पक्षले यसलाई प्रदर्शनमा ल्याउने कुरा बताएको हो । समसामयिक विषयवस्तु तथा प्रेमकथामा आधारित एक्शन प्रधान यो चलचित्रका निर्माता पम्फा बर्मा तथा फारुबी बर्मा हुन्, भने यसमा मुकेश ढकाल, सविना कार्की, एलबि कटुवाल, वसन्त बर्मा, राजन महर्जन, पूजा महर्जन, राज सिंह आदिले अभिनय गरेका छन् ।
चलचित्र ‘गुड फ्रेण्ड’ का निर्देशक राजबहादुर साने हुन् ।
सम्बन्धित
प्रतिक्रिया