तपाईंको नाम अंग्रेजी L बाट सुरु हुन्छ ? जान्नुहोस् आफ्नो स्वभाव

L लेटरबाट नाम सुरु हुने मान्छेहरु धनलाई अत्यधिक माया गर्ने हुन्छन् । यिनीहरु खर्चपर्चको मामलामा एकदमै हिसाबकिताब राख्नेवाला हुन्छन् । यिनीहरुले कमाएको पैसाबाट थोरै बचत गरिरहेका हुन्छन् । यिनीहरुमा बचत गर्ने राम्रो बानी हुन्छ । यिनीहरु पढाई लेखाईका मामलामा ठिकठाक हुन्छन् । यिनीहरुसँग थोरै भने पनि सेभ मनी भइ नै राख्छ । यी भविष्यको बारेमा एकदमै सोचमग्न हुन्छन् । यी छिटो निर्णय नलिने खालका हुन्छन् । यिनीहरु अल्छी पनि गर्ने गर्दछन् ।
यिनीहरु रिसाउँदैनन् तर रिसाएपछि शान्त गराउन निकै कठिन हुने स्वभावका हुन्छन् । यी परिवारको एक विश्वासपात्रको रुपमा छवी बनाएका हुन्छन् । यिनीहरुसँग धेरै किसिमका कपडाहरुको कलेक्सन हुन्छ । यी लाउने कुराका एकदमै सौखिन हुन्छन् । यी बिचार पुर्याएर मात्र बोल्दछन् । यिनीहरु अनावश्यक विवादमा परेर समय बर्बाद गर्नुभन्दा सुतेर शक्ति सञ्चय गर्नुपर्छ भन्ने मान्यताका हुन्छन् । यिनीहरु ज्ञानका भोका हुन्छन् र त्यसमा धेरै प्रयास पनि गर्दछन् । तर, यिनले मेहनत अनुसारको फल कमै मात्र प्राप्त गर्दछन् । यिनीहरुलाई अनेक किसिमका घरायसी समस्या आइलागेको हुन्छ ।
यिनीहरुको पनि बाल्यकाल केहि हदसम्म दुःखद् नै रहेकोे हुन्छ । यी भाग्योदयको लागि टाढाटाढासम्मको यात्रा गर्दछन् । यिनीहरु जागिरे जीवन बिताउन मन पराउँछन् । त्यसमा यिनीहरु सुरक्षाको महसुश गरिरहेका हुन्छन् । यिनीहरु रिक्स लिन मन पराउँदैनन् ।
यिनीहरुको भाग्य परिवर्तन सन्तानले उन्नति प्रगति गरेपछि हुने हुन्छ । यिनीहरुको सन्तान अत्यन्तै तीक्ष्णबुद्धिका हुन्छन् । यिनीहरुलाई सन्तानबाट धेरै सहयोग प्राप्त हुन्छ । यिनका सन्तानले यिनको अभाव र संघर्षलाई छिटो अनुभूति गरिदिन्छन् ।
यिनीहरुमा आत्मविश्वासी भावना हुने गर्दछ । यी संघर्ष गर्दै पाठ सिकेर हुर्किएका हुन्छन् । यी निकै कर्मयोगी हुने गर्दछन् । यिनीहरु सामान्यतया जो कोहिलाई विश्वास गर्दैनन् । विश्वास गरिसकेपछि यी जीवनपर्यन्त विश्वास गर्दछन् ।
प्रतिक्रिया