बुधबार, वैशाख १०, २०८२

आज फागु पूर्णिमा, पहाडी क्षेत्रमा होली मनाइँदै

नेपालखोज २०७७ चैत १५ गते १०:३२

काठमाडौं । नेपालका पहाडी क्षेत्रमा होली पर्व मनाइँदै छ। वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल पूर्णिमाका अवसरमा आज आइतबार होली पर्व हिमाली एवं पहाडी जिल्लामा मनाइँदैछ ।

किंवदन्ती अनुसार त्रेता युगमा हिरण्यकश्यपुले विष्णुका ठूला भक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्य गरेका थिए । सोही कारण उनले आगोले केही गर्न नसक्ने आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर प्रह्लादलाई केही नभएका कारण कारण होलिका मारिएको दिन होली खेल्ने परम्परा रहेको विश्वास गरिन्छ ।

नेपालको तराई क्षेत्रमा भने भोली सोमबार होली पर्व मनाइने छ । पहाडमा मनाएको भोलीपल्ट तराईमा होली मनाउने परम्परा रहेको छ ।

नेपालमा कोरोना संक्रमण बढ्न सक्ने स्थितीका कारण प्रशासनले यस वर्ष होली पर्वलाई घरमै सीमित गर्न आग्रह गरेको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले यसअघि नै सावधानी अपनाउन पत्राचार गरिसकेको छ ।

प्रतिक्रिया