प्रदेश १ को संसद बैठक चैत २३ गते बस्ने
नेपालखोज
२०७७ चैत १५ गते १६:३१

विराटनगर । सोमबार भोली प्रदेश १ को प्रदेशसभा बैठक बोलाइएको छ । गत चैत १ गते स्थगित भएको बैठक भोली दिउँसो २ बजेका लागी आह्वान गरिएको हो ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार आइतबार एक सूचना प्रकाशित गरी प्रदेशसभा सचिवालयले बैठकबारे जानकारी दिएको हो ।
मुख्यमन्त्री शेरधर राईविरूद्ध अविश्वास प्रस्ताव पेश भएपछि प्रदेशसभा बैठक सूचना निकाल्दै सरिरहेको थियो । अब एमाले सांसदहरूले मुख्यमन्त्री राईविरूद्धको अविश्वास फिर्ता लिने भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया