अंग्रेजी अक्षर N बाट नाम सुरु हुने मान्छे कस्ता हुन्छन् ?

N लेटरबाट नाम सुरु हुने मान्छेहरुको जीवन उतारचढावले भरिएको हुन्छ । यिनीहरुले अवनति र उन्नति दुबैलाई नजिकबाट देखेका हुन्छन् । यिनीहरु एक्कासी राम्रो ठाउँमा पुग्छन् र फेरि त्यसबाट तल झर्छन् । यिनीहरुको जीवनमा अभाव र समृद्धि दुबै बराबर आउने गर्दछ । यी जिरोबाट हिरो बनिरहेका हुन्छन् । त्यसलाई व्यालेन्समा राख्न नसक्दा पुनः जिरोमा पनि झरिरहेका हुन्छन् । यिनीहरुले दुःख र सुख दुबैलाई एकदमै नजिकबाट महसुश गरेका हुन्छन् । प्रायः गरेर यिनीहरुले बुढेसकालमा समृद्धिको महसुश गर्दछन् । यिनको जीवनलाई एक खाले उतारचढावको रुपमा धेरै मान्छेले विश्लेषण गर्दछन् ।
यिनीहरु जीवनभर समृद्धिको लागि भौंतारिन्छन् र वृद्धावस्थामा सुखानुभूति गर्दछन् । यिनीहरु हरेक चिज आफ्नै भोगाइबाट उदाहरण दिन सक्ने व्यक्ति बनेका हुन्छन् । यिनीहरुले आफ्नो जीवनबाट उदाहरणीय पाठ सिकेका हुन्छन् । यिनीहरुले नातागोताबाट पनि निकै हण्डर पाएको कारण त्यसबाट पाठ सिकेर बडो समझदार भएर मात्र व्यवहार गर्दछन् ।
यिनीहरुले दिने उदाहरण मान्छेले हाँसिमजाकमा लिए पनि यिनले गम्भिर भएर कुरा राखिरहेका हुन्छन् । यिनले सिकाएको जीवनको पाठ हरेक मान्छेको लागि जीवनोपयोगी र मार्गदर्शक हुनसक्छ । यिनीहरुले जीवन बाँच्नलाई निकै पछि मात्र एउटा राम्रो उपाय प्राप्त गरेका हुन्छन् । यिनीहरुको युवावस्था निकै संघर्षपूर्ण रहने कारण यी युवावस्थामा नै बूढो मान्छेले गर्ने जस्ता तर्कहरु गर्न थाल्दछन् । यिनीहरु युवावस्थामा घर परिवार र समाजदेखि थाकेका हुन्छन् । त्यतिबेला यिनीहरुले अध्यात्मका कुराहरु पनि धेरै सिक्छन् । यी बचपनमा कम आध्यात्मिक हुन्छन् । युवावस्थापछि यिनीहरु पूर्णतया आस्तिक जीवन बाँच्दछन् ।
यिनीहरुले आफ्नो जीवनको पाठ सन्तानलाई राम्ररी सिकाउँदछन् । यिनीहरुको सन्तान एक न एक पेशामा दीर्घकालसम्म डटेर लागिरहेका हुन्छन् । यिनले आफ्ना सन्तानलाई प्रशस्त आध्यात्मिक पाठ सिकाइरहेका हुन्छन् । यिनले दिएको सल्लाह र सुझाव मानेको खण्डमा यिनको सन्तानले अत्यन्तै सहज जीवन बाँच्ने गर्दछन् ।
पं हरिकृष्ण खतिवडा
प्रतिक्रिया