बुधबार, वैशाख १०, २०८२

तराईमा होली मनाइँदै

नेपालखोज २०७७ चैत १६ गते ११:३१

काठमाडौं । आज पनि होली पर्व मनाइँदै छ । रंगहरूको पर्व होली तराई तथा मधेसका जिल्लामा हर्षोलासका साथ मनाइँदै छ ।

पहाडी जिल्लामा हिजो (आइतबार) फागु पूर्णिमा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज मनाइएको हो । होलीका अवसरमा केन्द्र सरकारले आज एक दिन तराई मधेसका जिल्लामा सार्वजनिक बिदासमेत दिएको छ ।

हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेसमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ । तराईमा होलीको विशेष महत्त्व छ । यसलाई रंगहरुको पर्वका रुपमा लिइन्छ ।

प्रतिक्रिया