मंगलबार, वैशाख ९, २०८२

मंगलबार नेप्से ३२ अंकले बढ्दा ६ अर्ब १८ करोडको कारोबार

नेपालखोज २०७७ चैत १७ गते १६:०७

काठमाडौं । मंगलबार नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन पाँच दशमलव ४५ अंकले घटेको नेप्से साताको तेस्रो कारोवार दिन आज भने ३२ दशमलव १५ अंकले बढेर २५ सय ७५ दशमलव ६६ अंकमा पुगेको छ । यसैगरी आज सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव १९ अंकले बढेर चार सय ५६ दशमलव १० अंकमा पुगेको छ ।

नेप्सेमा आज दुुई सय नौ वटा कम्पनीहरुको ६८ हजार छ सय ४५ पटकको कारोवारामा एक करोड २२ लाख नौ हजार नौ सय ७६ कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार चार सय ९८ रुपैयाँँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा टे«डिङ र उत्पादनमुुुलक समुहरुको सुचक क्रमश २९ दशमलव सात र शुन्य दशमलव २२ अंकले घटेका छन् भने बाँकी समुहको सुचक बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ६८ अंकले बढेर १७ सय ६५ दशमलव २५ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि तीन सय ९८ दशमलव ३२ अंकले बढेर १३ हजार तीन सय २४ दशमलव ७६ अंकमा पुुगेको छ ।

जीवन बीमा समुहको सुचक पनि एक सय ८६ दशमलव आठ अंकले बढेर १७ हजार एक सय ९४ दशमलव ९० अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, होटल तथा पर्यटन, फाईनान्स, अन्य, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेका छन् ।

आज वोमी माईक्रोे फाईनान्स लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ दशमलव ९९ प्रतिशतले बढेर ११ सय ३४ रुपैयाँमा कारोवार हुँदा युनाईटेड इदीमर्दी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच दशमलव ३३ प्रतिशतले घटेर तीन सय २० रुपैयाँमा कारोबार भएको छ । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता पाँच सय ९२ रुपैयाँ अन्तिम मुल्यमा ४८ करोड ९४ हजार दुुई सय ७१ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया