आइतबार, वैशाख ७, २०८२

शाओमीले नेपालमा स्मार्ट टिभी र इको सिस्टमको अनावरण

नेपालखोज २०७७ चैत १७ गते १९:३०

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा आफ्नो उत्पादन श्रेणीमा अर्को थप उत्पादनको घोषणा गरेको छ । यससँग ब्रान्डले सामान र इकोसिस्टममा अझ सामानहरु ल्याउने योजना बनाएको छ ।

मी टिभी ४ एक्स ६५ इन्च
आफ्नो स्मार्ट टिभीहरुको पार्टफोलियो विस्तार गर्दै शाओमीले नेपालमा नयाँ मीटिभी ४ एक्स ६५ इन्च मोडल भित्राएको छ । यस मोडलमा ६५ इन्च फोर के डिस्प्ले एच्.डी.आर छ र यो टिभी इन–हाउस एन्ड्रोइड आधारित प्याचवाल यु.आइको साथ उपलब्ध छ ।

शाओमी मी टिभी ४ एक्स ६५ इन्च क्वाड–कोर अमलोगिक कोर्टेक्स ए ५३ चिपसेट द्वारा सञ्चालित छ र यसमा माली जी.पी.यू, २ जी.बी र्याम र १ जी.बी इन्टरनल स्टोरेज साथमा छ ।

मी ४ ए ४३ इन्च होराइजन एडिसन
नामले भने गरे बमोजिम शाओमीमी४ ए ४३ इन्च होराइजन एडिसन मीटि.भी ४ ए को एक संस्करण हो जसलाई शाओमीले “होराइजन डिस्प्ले”को अर्थ दिएको छ अर्थात् यसमा स्लिम बोर्डरहरु छन् ।

मी४ ए ४३ इन्च होराइजन एडिसनको स्क्रीनको शीर्ष, बायाँ र दायाँमा वास्तवमै धेरै पातलो प्लास्टिक बोर्डरहरु छन्। डिजाईनको ठूलो फाइदा भनेको ठाउँ प्रतिबन्धको साथ खरीददारहरुले आफुले सम्भवतः सोचेको भन्दा ठूलो स्क्रीन पाउँन सक्छन्। तलको मध्यम भागतिर मीको एउटा सानो लोगो छ । स्टयन्डबाइ लाइटको लागि सानो मोड्युलको साथ, आइ.आर रिसीभर र यसको ठीक तल पावर बटन राखिएको छ । टिभी ज्यादै मोटो छैन र बेस स्ट्यान्ड बिना मात्र ६.६ केजी तौलको छ ।

मी टिभी ४ ए ४०
अब समय आएको छ मीटिभी ४ ए ४० का साथ तपाईँको बैठक कोठालाई मनोरञ्जनको लागि सही उपयोग गर्ने। म्ीटिभी ४ ए ४० को पूर्ण एच्.डी डिस्प्लेले चमकदार रंगको गुणस्तर र व्रिmस्प डिटेल प्रदान गर्दछ जसले प्रत्येक दृश्यलाई ठूलो बनाउँछ ।

२० वाट स्पिकरहरु डीटीएस–एचडीटेक्नोलोजीसँग यो सुसज्जित छ जसले स्पष्ट ध्वनि प्रदान गर्दछ । मनोरञ्जन प्याच वालसँग झनै थप मनोरञ्जन प्रदान हुन्छ जसमा ७ लाख घण्टा भन्दा बढीको सुविधा उपलब्ध छ । मी टिभी ४ ए ४० टिभीलाई वास्तवमै स्मार्ट बनाउने भनेको यसमा थप गरिएको एन्ड्रोइड टिभीर गुगल एसिस्ट्यान्ट हो जसले तपाईँलाई कन्टेन्ट प्ले गर्न अनुमीत दिन्छ, उत्तरहरु फेला पार्न मदत गर्छ र अन्य विभिन्न कार्यमा पनि यसको उपयोग गर्न सकिन्छ ।

प्रतिक्रिया