बुधबार, वैशाख १०, २०८२

अंग्रेजी अक्षर P बाट नाम सुरु हुने मान्छे कस्ता हुन्छन् ?

नेपालखोज २०७७ चैत १८ गते ७:००


P अक्षरबाट नाम सुरु हुने मान्छेहरु एकदमै मिजासिला हुन्छन् । यिनीहरुको मिजास अलिक कडा खाले हुने गर्दछ । यी फाइदा बेफाइदा बिचार गरेर निर्णय लिन्छन् । यिनीहरु थोरै स्वार्थी पनि हुने गर्दछन् । यी एकदमै थोरै प्रतिक्रिया दिन्छन् । यिनीहरु मनमनै प्लान बनाउँछन् र त्यसलाई कार्यान्वयन गर्दछन् । यिनीहरु विलासिताका कुरा धेरै चाहना गर्दछन् ।


यिनले राम्रो काम गर्दा गर्दै पनि प्रशस्त अपजस पाइराखेका हुन्छन् । यी अत्यन्तै धर्मभिरु र भाग्वादी हुन्छन् । यिनीहरुमा ईश्वरप्रति विभिन्न खाले अड्कलवाजी हुन्छ । यी ईश्वर र भगवानप्रति आस्थावान हुन्छन् । यिनीहरुमा लोभको भावना पनि प्रशस्त देख्न पाइन्छ । यिनीहरु नेतृत्व लिन आतुर हुन्छन् । यी आफूले भने जस्तो नभएमा एकलकाटे भएर पनि जीवन बिताइरहेको देख्न सकिन्छ । यी धन सम्पत्तिको ज्यादै चाहना राख्ने कारण कहिले काँहि दुर्घटनामा पनि परिरहेका हुन्छन् ।


यी खाने कुरामा ज्यादै होसियार हुन्छन् । मान्छे अनुसार खानाको परिणाम हुने भए तापनि यी खन्चुवा प्राणीमा पर्दछन् । यिनीहरुको जीवन सार्वजनिक हुन्छ । यिनीहरुको कमजोरी र राम्रा पक्ष सबै मान्छेलाई थाहा हुन्छ । यी संघर्षशील हुन्छन् । कतिपय अवस्थामा यिनीहरु आपराधिक जीवन बिताईरहेको पनि हुन सक्छ । यी ज्यान दिएर मन परेको मान्छेलाई सहयोग गर्दछन् र अन्य मान्छेबाट पनि त्यस्तै खाले सहयोगको अपेक्षा राख्छन् । यिनीहरुको पेशा स्थिर रहँदैन । यी विभिन्न खाले पेशा परिवर्तन गर्दै हिँडेका हुन्छन् ।

एकै स्थानमा स्थिर नहुने चरित्र भएको कारण कतिपय अवस्थामा यिनलाई विभिन्न खाले आरोपहरु लाग्न सक्छ । यी आफ्नो परिवारप्रति अत्यन्तै माया गर्दछन् । त्यसैले यिनीहरु आफ्नो मान्छेलाई राम्रो ठाउँमा पुर्याउन विभिन्न खाले पक्षपात पनि यिनीहरुले गरेका हुन्छन् ।


यिनीहरु सिक्ने कुरामा एकदमै डटेर लाग्ने गर्दछन् । यिनीहरुले आफूले पाएको ज्ञान अन्य मान्छेहारुलाई पनि साझा गर्दछन् । यी होसियारी अपनाएर दान गर्ने स्वभावका हुन्छन् । यिनीहरुलाई कार्यालयमा लगनशील मान्छेको पहिचान बनाउँदा बनाउँदै पनि कतिपय अवस्थामा विवादित बनाइने गर्दछ ।

प्रतिक्रिया