अंग्रेजी अक्षर Q बाट नाम सुरु हुने मान्छे कस्ता हुन्छन् ?

Q अक्षरबाट नाम सुरु हुने हरु राजपरिवारको स्वभावका हुन्छन् । यिनीहरुलाई सबै चिज एकदमै पर्फेक्ट चाहिन्छ । जुन कुरा जहाँ हुनुपर्ने हो त्यो त्यस स्थानमा नपाउँदा यिनीहरु रिस पोख्छन् । यिनीहरु परिष्कारवादी बिचारका हुन्छन् । यी आफू काम गर्दैनन् । यी अरुलाई काम लगाउँछन् । यिनीहरुको नोकर चाकर प्रशस्त मात्रामा रहेको हुन्छ । यिनीहलाई ठिक समयमा ठिक काम भएको मनपर्छ । यिनीहरु आँखाले देखेको कुरालाई होइन कानले सुनेको कुरामा विश्वास गर्दछन् ।
यिनीहरु कुनै पनि काम सुरु गर्नुपूर्व वंशपरम्पराको एकदमै ख्याल गर्दछन् । यिनीहरुले इतिहास र परम्परालाई एकदमै ध्यान दिएका हुन्छन् । यिनीहरुको कोठामा कोहि पनि मान्छे अनुमती बेगर पसेको यिनलाई पटक्कै मन पर्दैन । यिनीहरुको कोठा घर कार्यालय एकदमै चिटिक्क मिलेको हुन्छ । यी आफ्ना चाकरहरुलाई एकदमै हकारेर समेत काम दिन पछि पर्दैनन् । यिनीहरुले भने जस्तो नभएको खण्डमा यिनले आफूभन्दा सानो मान्छेलाई सत्तोसराप गरेर खप्न दिँदैनन् ।
यिनीहरुलाई एकदमै अनुशासनमा रहेको मन पर्दछ । यी कुभलो कसैको चिताउँदैनन् तर विरोध गर्नेहरुलाई यी दण्ड दिन पछि पर्दैनन् । यिनको मनको कुरा कसैले भेउ पाउँदैन । यी एकदमै चतुर निर्णय लिन्छन् । यिनीहरुले पावरफुल मान्छेलाई पनि साइजमा राखेका हुन्छन् । तसर्थ यिनको अगाडि कुरा काट्न सक्ने मान्छे कमै हुन्छ । यी ज्यादै कामुक स्वभावका हुन्छन् । यिनीहरुको यौनजीवन एकदमै सन्तुष्ट किसिमको रहेको पाइन्छ । यिनीहरुले कुन किसिमको निर्णय लिन्छन् भन्ने कुरा आँखै अगाडि चौबिस घण्टा रहने मान्छेले पनि चाल नपाएको हुनसक्छ ।
यिनीहरुको भोजन एकदमै कम र ज्यादै हाइजेनिक हुने गर्दछ । यिनीहरु बजारमा पाइने जस्तोसुकै भोजन पनि इन्कार गरिदिन्छन् । यिनको खाने कुरा घरमै बनेको एकदमै पर्फेक्ट हुनुपर्छ । यी देश विदेशका खाने कुराका बारेमा जानकार हुन्छन् । तर, यी आफैं खाना कमै मात्र तयार गर्दछन् । यिनीहरु अरुले पकाएको खाने कुरा खान्छन् तर स्वस्थ रहे नरहेको विशेष जाँच पड्ताल गर्ने यिनको स्वभाव हुन्छ । यिनीहरुको जीवन एकदमै सुखसयलमा बितेको हुन्छ ।
प्रतिक्रिया