खुल्यो उपत्यकाको आकाश (फोटो फिचर)
नेपालखोज
२०७७ चैत १९ गते १२:१५
काठमाडाैं । उपत्यकाकाे आकाश आज बिहानैदेखि खुलेको छ । केही दिनदेखि बाक्लो तुवाँलोले ढाकिएको आकाश हिजो (बुधबार) साँझको वर्षाले आकाश खुलेको छ ।
आकाश खुलेसँगै उपत्यकामा गर्मी पनि बढेको छ । जल तथा माैसम विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार अब क्रमश: गर्मी पनि बढ्नेछ ।
केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँ नेपाल तथा भारतका विभिन्न स्थानमा लागेको डढेलोका कारण लागेको उनले बताए । ‘अब तुवाँलो हट्नुका साथै गर्मी पनि बढ्दै जानेछ,’ उनले भने ।
उपत्यकाको आकाश खुलेसँगै तुवाँलो पनि घटेको हो । हेरौं नेपालखोजका रुपेश चौलागाईंले खिचेका थप तस्बिर :






सम्बन्धित
प्रतिक्रिया