रजनीकान्तलाई दादा साहेब फाल्के अवार्ड
नेपालखोज
२०७७ चैत १९ गते १४:५३

मुम्बई । दक्षिण भारतका सुपरस्टार रजनीकान्तलाई दादा साहेब फाल्के अवार्ड दिने भइएको छ । सन् २०१९ को यो सम्मान उनलाई दिन लागिएको हो ।
यो घोषणा सूचना तथा प्रसारणमन्त्री प्रकाश जावडेकरले पत्रकार सम्मेलनमा दिएका हुन् । उनले ट्विटरमा पनि यो कुरा लेखेका छन् ।
दक्षिण भारतीय फिल्मी उद्योगमा निकै राम्रो चर्चा कमाएका राजनीकान्तलाई ५१ औं दादा साहेब फाल्के सम्मान दिन लागिएको हो ।
सम्बन्धित
प्रतिक्रिया