बुधबार, वैशाख १०, २०८२

अंग्रेजी अक्षर R बाट नाम सुरु हुने मान्छे कस्ता हुन्छन् ?

नेपालखोज २०७७ चैत २० गते ७:००


R बाट नाम सुरु हुने मान्छेहरु खुला दिलका हुन्छन् । यिनीहरु कुरा लुकाउँदैनन् । यिनीहरुले समाजका मान्छेहरुलाई प्रशस्त गुन लगाएका हुन्छन् । यिनीहरु खुला हृदयका हुने कारण यिनका मित्रहरु धेरै हुन्छन् । यिनीहरु कुलीन स्वभावका हुन्छन् । यिनीहरु ज्यादै विशेष तर्कहरु गर्दछन् । यी आफ्नो पेशा र व्यवसायलाई खुबै माया गर्दछन् । यिनीहरु लाज नमानी आफ्ना कुराहरु अरुलाई पनि बाँढ्दछन् । यिनीहरुले आफूले गरेको काममा कहिले पनि हीनताबोध गर्दैनन् । त्यही कारण यी जीवनमा सफल भएका हुन्छन् ।


यिनीहरुलाई अनेक लालच देखाई मान्छेहरुले प्रयोग गर्न खोजिरहेका पनि हुन्छन् । तर, यी आफ्नो कुरा अरुलाई रिस उठ्ने खालको भए पनि खुलस्त बताउने कारण त्यस्तो कुराहरुमा फस्दैनन् । यिनीहरुको हिम्मत र साहस एकदमै मजबुत हुने गर्दछ । यिनले जीवनमा अनेक समस्याहरुलाई देखेका हुन्छन् । त्यसलाई राम्ररी भोगेका पनि हुन्छन् । तसर्थ यी निकै मजबुत निर्णय लिन्छन् । यिनीहरुलाई आफ्नो परिवारको सदस्बाट निकै सहयोग पनि प्राप्त भएको हुन्छ । यी ज्यादातर पितृभक्त पाइन्छन् । यिनीहरुले काका, भतिजा, दिदी, बहिनी, फूपू लगायत सबैसँग मिठो र मायालु सम्बन्ध गाँसेका हुन्छन् । त्यसै कारण यिनीहरुलाई पारिवारिक जमघटमा कसैले पनि छुटाउँदैनन् । यी ती जमघटहरुमा ज्यादै नै रसिक भएर उपस्थित हुन्छन् । जमघटको यी मूख्य आकर्षक हुन्छन् ।


यी बच्चाहरु र वृद्धवृद्धाको खुबै ख्याल राख्दछन् । त्यसै कारण यिनीहरुले वृद्धावस्थामा निकै माया पाएका हुन्छन् । यिनीहरुलाई वृद्धावस्थामा भेट्न आउने मान्छेहरु निकै हुने गर्दछन् । यी धनी बिस्तारै बन्छन् । यी चिठ्ठा र गैर जिम्मेवार तरिकाबाट धन कमाउने मनसाय राख्दैनन् । यिनीहरु चालिस पचासको उमेरमा सफल भएका हुन्छन् । यिनीहरु पितापुर्खाको मान्यता र परम्पराको राम्रो ख्याल राख्ने धार्मिक व्यक्तिको पहिचान बनाउँछन् । यिनीहरु हरेक विषयमा ज्ञान आर्जन गरिरहेका हुन्छन् । यिनीहरु आफ्नो जीवनको निष्ठामा एकदमै पाको र प्रशंसनीय भएर जीवन बाँच्दछन् । यिनीहरुसँग आलोचकहरुलाई उत्तर दिन राम्रा तर्कहरु रहने कारण यी आलोचनाबाट डराउँदैनन् ।

प्रतिक्रिया