आज पनि फोहोर व्यवस्थापनमा असन्तुष्टसँग बैठक बस्दै महानगर

काठमाडाैं । काठमाडौँ महानगरपालिका र सिसडोलका बासिन्दाबीचको वार्ता शुक्रबार राष्ट्रियसभामा बस्दैछ ।आजको बैठकामा फोहोर व्यवस्थापन सम्बन्धमा निष्कर्ष निकाल्ने लक्ष्य महा नगरपालिकाले लिएको छ । विगत केहि दिनदेखि वार्ता जारी रहे पनि निष्कर्ष निकाल्न सकिएको थिएन । बैठक बिहानन आठ बजेबाट सुरु हुँदैछ । बैठकले महानगर र सिसडोलबासीबीच सम्झौता गर्नेछ ।
हिजाे बसेकाे बैठक निष्कर्षमा पुग्न नसक्दा फोहोर व्यवस्थापनमा समस्या भएको हाे । महानगरपालिकासँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले सिसडोलमा फोहोर फाल्न अवरोध पुर्याएपछि मङ्गलबारदेखि दैनिक हुँदै आएको वार्ता सहमतिमा पुग्न नसकेको सिसडोलवासी केदार पौडेलले जानकारी दिएका छन्।
“पटक–पटक आन्दोलन गर्दा थाकिसक्यौँ, यस पटक यो समस्यालाई सधैँका लागि अन्त्य गर्ने लक्ष्यसहित आएका छौँ, आशा छ भोलि वार्ता सहमतिमा टुङ्गिन्छ होला,” पौडेलले भने । काठमाडौँको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोट, ओखरपौवा, सिसडोलका बासिन्दाले अवरोध पुर्याएपिछ एक सातादेखि फोहोर उठेको छैन । राजधानीका सडकमा अहिले फोहोर थुप्रिन थालेको छ ।
विगतमा भएको सहमतिबमोजिम महानगरपालिकाले ल्यान्डफिल्ड साइट क्षेत्रका बासिन्दाका लागि गर्नुपर्ने काम नभएको भन्दै स्थानीय बासिन्दाले चैत १३ गतेदेखि फोहोर लैजान अवरोध गरिरहेका छन् । ल्यान्डफिल्ड साइट सङ्घर्ष समितिका संयोजक अनिश शर्मा ढुङ्गानाले महानगरपालिकासँग लिखित रूपमा सहमति नभएसम्म विरोध नरोकिने जानकारी दिए ।
प्रतिक्रिया