अंग्रेजी अक्षर S बाट नाम सुरु हुने मान्छेहरु कस्ता हुन्छन् ?

S बाट नाम सुरु हुने मान्छे एकदमै मायालु हुन्छन् । यो अक्षरबाट नाम सुरु हुने मान्छेहरु नेपालमा धेरै पाइन्छ । यिनीहरु तीक्ष्णबुद्धिका हुन्छन् । यिनले बचपनमा अभिभावकको एकदमै सहृदयता प्राप्त गरेका हुन्छन् । त्यसै कारण यी अचानक कसैको पनि मन दुखाउने चाहना राख्दैनन् । यी एकप्रकारको इको सिस्टममा बाँचेका हुन्छन् । यिनको जीवनको मुलमन्त्र नै हुन्छ कि प्रेम देऊ प्रेम लेऊ । यिनले जीवनमा कसैको पन जानीजानी मन दुखाउने काम गर्दैनन् । त्यसै कारण यिनीहरु साथीभाइको नजरमा एकदमै प्रिय रहन्छन् । यिनीहरुको घरमा नै मान्छेहरु भेट्न आइरहन्छन् ।
यिनीहरु जवानीमा नै धेरै कुराको जानकार हुन्छन् । यिनीहरुलाई जीवनमा फस्नबाट बचाउने मान्छेहरु धेरै हुन्छन् । तसर्थ यी ज्यादातर सफल मान्छेमा गनिन्छन् । यिनलाई गलत इरादाले कसैले पनि सल्लाह दिँदैनन् । यिनीहरुले आफ्ना बच्चाहरुलाई असल संस्कार र अनुशासन दिएका हुन्छन् । यिनका बच्चाहरु एकदमै मिहिनेती पाइन्छन् । यिनीहरुका बच्चाहरुले यिनको नामलाई एकदमै उँचो बनाउने सम्भावना रहन्छ । यिनीहरुले बच्चाको कारण कहिले पनि शीर निहुँराउन पर्दैन ।
यिनीहरु सजिलै सफल भएका हुन्छन् । यिनीहरु राम्रो सफा र आकर्षक कपडा लगाउँछन् । त्यसैले यी वस्त्रको कारण पनि चर्चामा रहन्छन् । यिनीहरुको जीवनसाथीसँग एकदमै राम्रो सम्बन्ध रहन्छ । यी जीवनसाथीसँग सल्लाह र सुझाव लिइराख्छन् । तसर्थ यिनको परिवारमा झैझगडाको वातावरण कमै मात्र रहन्छ । यिनीहरु एकदमै सामान्य जीवन पनि हाँसिखुशी बाँचिरहेका हुन्छन् । यी बेकारका झमेलाबाट टाढा रहन मन पराउँछन् । यिनीहरु स्वार्थी हुँदैनन् । यिनका स्वार्थहरु सजिलै अरु मान्छेले बुझिदिने कारण यी झण्झटमुक्त जीवन बाँचेका हुन्छन् ।
यी बुढेसकालमा पनि न्यानो माया पाउने भाग्यमानी रहेका हुन्छन् । यिनले निकै पछिसम्म पनि अभिभावकको राम्रो मार्गनिर्देशन पाउने सम्भावना हुन्छ । यिनका अभिभावकले यिनलाई ज्यादै नम्र पाराले जीवन बाँच्ने तरिका सिकाइदिने कारण यी एकदमै सजिलो जीवन बाँचिरहेका हुन्छन् ।
प्रतिक्रिया