बुधबार, वैशाख १०, २०८२

अंग्रेजी अक्षर T बाट नाम सुरु हुने मान्छे कस्ता हुन्छन् ?

नेपालखोज २०७७ चैत २२ गते ७:००


T बाट नाम सुरु हुने मान्छेहरु परिश्रमी हुन्छन् । यिनीहरुले आफ्नो भाग्य आफैं बनाएका हुन्छन् । यिनीहरुको परिश्रमलाई नबुझिदिएको खण्डमा यी एकदमै मन दुखाउँछन् । यिनीहरुलाई गलत मान्छेहरु मन पर्दैन । यी आफूले जानेको कुरा सबैलाई सिकाइदिन्छन् । यिनीहरुले अनेक विषयमा राम्रो रिसर्च गर्दछन् । यिनीहरु हमेसा कसरी काम छिटो फत्ते गर्न सकिन्छ भन्ने खोजी गरिरहेका हुन्छन् । यिनीहरु आफैं नै आफ्नो कामको मूल्यांकन गर्न सक्ने खुबीका हुन्छन् । यिनीहरुले जीवनमा कति प्रगति गर्ने भन्ने मनमनै खाका बनाएका हुन्छन् । यिनीहरु सिकाएको कुरा एकदमै छिटो सिक्दछन् । कहिलेकाँहि छिटो छरितो काम गर्दा यिनीहरुले हतारको काम लता भने जस्तो पनि गरिरहेका हुन्छन् ।


यिनीहरु जीवनसाथीलाई अत्यन्तै माया गर्दछन् । यिनीहरुको उन्नति प्रायः गरी अधवैंशे उमेरमा हुने गर्दछ । यिनीहरु आफूले लिएको गलत निर्णयले पछुताइरहेका पनि हुन सक्छन् । यिनीहरु रमाइला कुराहरु ग्रुपमा राखेर हाँसोको सिर्जना पनि गरिरहेका हुन्छन् । यिनीहरु आफ्नो काममा एकदमै दत्तचित्त भएर लागेका हुन्छन् । यिनीहरु समूहमा भन्दा एक्लै काम गर्ने मनस्थितिका हुन्छन् । यिनीहरु एक्लै निर्णय लिन्छन् ।

घर परिवारमा यिनको छवी बचपनदेखि नै जेहेन्दार रहने हुन्छ । यिनीहरुलाई परिश्रमको इमानदारितामा कसैले जित्न सक्तैन । यी विश्वासिला हुन्छन् । यिनीहरुले रुचाएको मान्छेलाई एकदमै राम्रो ठाउँमा पुर्याएका हुन्छन् । यिनीहरु थोरै भाग्यवादी र ज्यादा कर्मयोगी हुन्छन् । यी अन्धविश्वासको विरोधी हुन्छन् । यिनीहरुको जीवन आधा आस्तिकता र आधा नास्तिकतामा बितेको हुन्छ । यिनीहरु पावरलाई सही सदुपयोग गर्ने लक्षमा रहेका हुन्छन् । यी शक्तिशाली मान्छेहरुसँग राम्रो सम्बन्ध बनाउन हमेशा लागिरहेका हुन्छन् ।


यी आफ्नो नजिकका मान्छेहरुसँग प्यारसँग प्रस्तुत हुन्छन् । यिनीहरु विवादमा खडा भएको खण्डमा एकदमै बलियो भएर खडा हुन्छन् । नभए यी विवादमा फस्दैनन् । यी सवभिमानी हुन्छन् । सारांशमा यी खुशी र सुखी भएर बाँच्ने प्राणी हुन्छन् ।

प्रतिक्रिया