सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा
नेपालखोज
२०७७ चैत २३ गते ८:१२

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । राना थारू समुदायको महत्त्वपूर्ण पर्व खखडेहराको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले बताए ।
सुदूरपश्चिम प्रदेशमा आज खखडेहरा पर्व मनाइँदैछ । विशेष गरी कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायले खखडेहरा पर्व धुमधामसँग मनाउने गर्छन् ।
राना थारू समुदायले सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रुपमा खखडेहरा मनाउँछन् । एक महिनासम्म मनाइने होरी पर्वको समापनका दिन खखडेहरा मनाउने चलन छ ।
सम्बन्धित
प्रतिक्रिया