माओवादीले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने
नेपालखोज
२०७७ चैत २३ गते १०:१८

काठमाडौं । प्रदेश १ सभाको सोमबार बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिइने भएको छ । मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता गरिएको अविश्वास प्रस्तावका प्रस्तावक माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सोमबार बस्ने प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव फिर्ता लिने बताएका छन् ।
‘अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका बहुसंख्यक प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिइसकेकाले अब यसको औचित्य छैन,’ उनले भने, ‘त्यसैले प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव फिर्ता लिने प्रस्ताव गरेर यो विषय टुंग्याउँछौं ।’
सम्बन्धित
प्रतिक्रिया