तिरुपति प्लाई उद्योगमा आगलागी, १३ दमकल परिचालन
नेपालखोज
२०७७ चैत २३ गते १२:५५

इटहरी । सुनसरीको इटहरी खनारस्थित तिरुपति प्लाई उद्योगमा भीषण आगलागी भई तयारी प्लाई जलेर नष्ट भएको भएको छ । सोमबार बिहान सात बजे सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय इटहरीका निरीक्षक केशव कटुवालले बताए ।
आगलागी नियन्त्रणका लागि सुनसरी, मोरङ र झापाबाट १३ वटा दमकल परिचालन गरिएको छ । आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै स्थानीयवासीले समेत सहयोग गरिरहेका छन् ।
उद्योगबाट सामानहरु निकाल्ने काम भइरहेको छ । आगलागीको कारण भने खुलेको छैन ।
सम्बन्धित
प्रतिक्रिया