अंग्रेजी अक्षर V बाट नाम सुरु हुने मानिसहरु कस्ता हुन्छन् ?

V अक्षरबाट नाम सुरु हुने मानिसहरु उत्साही हुन्छन् । यिनीहरुमा काम र जीवनका प्रति एकदमै ठूलो निष्ठा पाइन्छ । त्यसैको बलमा यिनीहरु सफल भएका हुन्छन् । यिनीहरुमा हरेक समय केहि न केही नयाँ गरौं भन्ने भावाना आइ नै राख्छ । यिनले ती भावहरुलाई कार्यरुप दिने चाँजो पाँजो समेत मिलाउने गरेका हुन्छन् । यिनीहरु प्राय गरी जवानीको समयमा एकदमै उत्साही रहने हुन्छन् ।
यिनका भावाना र बिचार ए अक्षरबाट नाम सुरु हुने मानिसहरुसँग पनि मिल्दोजुल्दो पाइन्छ । यी अध्ययन अध्यापनमा ठिकठाक पाइन्छन् । यिनीहरु थोरै जिद्दी स्वभावका हुन्छन् । यिनीहरुले आफूले गरेको कुरा जितेरै छाड्ने अड्डी कसेका हुन्छन् । कतिपय अवस्थामा त्यसै कारण यिनलाई मान्छेहरुले घमण्डीको उपमा समेत दिएका हुन्छन् ।
यिनका बालबच्चा पढाई लेखाई तथा अनुशासनका मामलामा एकदमै गनिएका मानिन्छन् । यिनीहरुले माया र दण्डको प्रयोग गरी आफ्ना छोराछोरीलाई ठिक स्थानमा राखेका हुन्छन् ।
यिनीहरुलार्ई एकदमै मिजासिलो जीवनसाथी प्राप्त हुन्छ । यिनीहरुको जीवनसाथी पनि एकदमै परिश्रमी पाइने सम्भावना रहन्छ । यिनीहरुले आफ्नो जीवनसाथीबाट सोचेभन्दा राम्रो सहयोग पाएका हुन्छन् । प्राय गरेर यी व्यापार गर्न रुचि लिने खालका हुन्छन् । त्यसैले यी एकै पेशामा लामो समय टिक्दैनन् । यिनीहरू चाेटिलाे कुरा गर्न पनि खप्पिस हुन्छन् । ।
प्रतिक्रिया