बलिउड अभिनेत्री कैट्रिना कैफलाई पनि कोरोना
नेपालखोज
२०७७ चैत २५ गते १४:२०

काठमाडौं । बलिउड अभिनेत्री कैट्रिना कैफलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । आफुलाई संक्रमण भएको बारे कैट्रिनाले सामाजिक सञ्जाल इंस्टाग्राममार्फत जानकारी गराएकी छिन् ।
उनले लेखेकी छिन् – ‘मलाई कोरोना पोजेटिभ देखिएको छ । म अहिले होम क्वारेन्टाइनमा बसेको छु । डाक्टरको सल्लाह बमोजिम मैले सुरक्षा अपनाइरहेको छु । मेरो सम्पर्कमा आउने सबैलाई तुरुन्तै आफ्नो जाँच गराउन अनुरोध गर्दछु ।’
यसअघि अक्षयकुमार, गोबिन्दा, आमिर खान, आलिया भट्ट, फातिमा, आर धाधवन, परेश रावल, मिलिंद सोमन, रेश ३ का डाइरेक्टर रमेश तेरानी, इण्डियन आइडलका एंकर आदित्य नारायण र उनी पत्नी श्वेता अग्रवाल लगायतका कलाकारमा पनि संक्रमण देखि सकेको छ ।
सम्बन्धित
प्रतिक्रिया