अंग्रेजी अक्षर X बाट नाम सुरू हुने मानिस कस्ता हुन्छन् ?

X बाट नाम सुरू हुने मानिससहरू नियन्त्रित स्वभावका हुन्छन् । यी जो पायो त्यहि मान्छेसँग आफ्नो मन फुकाउँदैनन् । यिनीहरुको चेतना शक्ति उँचो किसिमको पाइन्छ । यिनीहरुमा घटनालाई विश्लेषण गर्ने अनौठो खुबी हुन्छ । यिनीहरुको पछाडि कुरा काट्ने मान्छे धेरै भए पनि अगाडि भने मुखले ठिक्क पारिरहेका हुन्छन् ।यिनीहरु खराब मान्छेलाई छिटै पहिचान गर्दछन् । यिनीहरुमा घटनालाई विश्लेषण गर्ने अनौठो खुबी हुन्छ । नचाँहिँदो चियोचर्चो गर्नु यिनलाई अभद्र हुनु हो भन्ने लाग्छ ।
यिनको पछाडि कुरा काट्ने मान्छेको कमी हुँदैन । यी कर्मोपासक हुन्छन् । यिनका अक्षर एकदमै सुन्दर हुने गर्दछ । यिनीहरु प्रविधिलाई खुब माया गर्दछन् । प्रविधिबाट यिनीहरु काफी कुराहरु सिकिराख्छन् । यी अल्छी सवभावका पनि हुनसक्छन् । यिनीहरु समस्यालाई चुट्कीमा हल गरिदिन्छन् । यिनीहरु सिकाएको कुरा एकदमै छिटो टिप्ने कारण अन्य व्यक्तिको तुलनामा अल्छी भएका हुन् । यिनीहरुलाई पढाई लेखाईको प्रतिस्पर्धामा अरुले जित्न अप्ठेराे हुन्छ ।
यी मनका अत्यन्तै धनी मानिन्छन् । गरिबहरूकाे लागि यिनले सहयोगको हात अघि बढाएका हुन्छन् । यिनीहरुलाई पनि कामको निकै प्रेसर हुन्छ । यी खानपानका साैखिन हुन्छन् । यिनीहरुको भाग्योदय युवा अवस्थामा हुने गर्दछ । प्रेमको मामलामा यिनीहरु ज्यादै नै गम्भिर स्वभावका हुन्छन् । यिनीहरुमध्ये ज्यादातर मान्छेहरुले प्रेम विवाह गर्दछन् । यिनीहरुको शरीर एकदमै बलियो खाले हुन्छ । यी भाइ बहिनीहरुलाई स्वाभाविक प्रेम गर्दछन् । यिनीहरुको प्रेम बुझ्न परिवारको सदस्यलाई निकै समय लाग्ने गर्दछ ।
यी प्रायः ठूला ठूला प्रोजेक्टहरुमा रहेका हुन्छन् । यिनीहरु मध्यम किसिमको मित्रता राख्छन् । आफ्ना विरोधीहरुलाई यी राम्ररी चिन्दछन् । यिनीहरु विरोध गर्ने मान्छेहरुलाई पनि कसरी सहयोगी बनाउन सकिन्छ भनेर सोचिरहेका हुन्छन् । व्यक्तिहरुको भावनालाई समेटेर यी समाजको अगुवाई गर्न तत्पर रहन्छ । यिनीहरुको पारिवारिक अवस्था मजबुत हुन्छ ।
प्रतिक्रिया