रहेनन् हलिउड अभिनेता पल रिटर
नेपालखोज
२०७७ चैत २६ गते ८:५०

काठमाडौं । हलिउड अभिनेता पल रिटरको निधन भएको छ । ब्रेन ट्युमरसँग लडिरहेका उनको सोमबार साँझ निधन भएको जानाइएकाे छ । ५४ वर्षीय पलको निधनको पुष्टि उनकै टिमका एक प्रतिनिधिले गरेका हुन् ।
उनले आफ्नो अभिनय करियरमा निकै चर्चित र यादगार भूमिकाहरु निभाएका छन् । उनको निधनको खबरसँगै हलिउड कलाकारहरुले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
उनले ‘ह्यारी पोटर’ र ‘द हाल्फ–प्रिन्स’ जस्ता कालजयी चलचित्रमा अभिनय गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया