भुवन केसीले माइतीघरकाे सिक्वेल बनाउने
नेपालखोज
२०७८ वैशाख १ गते १२:२७

काठमाडौं । अभिनेता तथा निर्माता भुवन केसीले माइतीघर २ बनाउने भएका छन् ।
याे चलचित्र पुरानाे नेपाली चलचित्र माइतीघरकाे सिक्वेल हुने बताइएकाे छ ।
उक्त चलचित्रकाे कलाकर तथा निर्माण टिम टुंगाे नलागे पनि निर्माता केसीले आफ्नो पूर्व घोषित चलचित्र पारसलाई पछि धकेल्दै माइतीघर २ निर्माण गर्न लागेका हुन् ।
संभवत: माइतीघर दुईका नायक उनकै छाेरा अनमोल केसी हुनेछन् ।
माइतीघर नेपालमा बनेको तेस्रो तथा निजी क्षेत्रबाट लगानी गरी बनाइएको पहिलो नेपाली फिल्म हो ।
उक्त चलचित्रमा माला सिन्हा, सिपी लोहनी आदि कलाकारले अभिनय गरेका थिए भने विएस थापा त्यसका निर्देशक थिए ।
पछि नायिका सिन्हा र नायक लाेहनी आपसी विवाह बन्धनमासमेत गाँसिए ।
सम्बन्धित
प्रतिक्रिया