सोमबार, वैशाख ८, २०८२

‘रामनवमी’ पर्व : कोरोना महामारीकैबीच रामजानकी मन्दिरमा मेला

नेपालखोज २०७८ वैशाख ८ गते ९:४१
Devotees take out a procession with the chariots of Ram and Janaki in Janakpurdham of Dhanusha district, on the occasion of Bibaha Panchami festival, Sunday, December 4, 2016. Photo: Brij Kumar Yadav

काठमाडौं । आज ‘रामनवमी’ पर्व देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्वमा जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ।

यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्ड जारी गरिएकाले भक्तजनले राम मन्दिरमा भौतिक दूरी कायम गरी पूजा, आराधना एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया