सोमबार, वैशाख ८, २०८२

ललितपुर महानगरपालिकाको निःशुल्क मास्क अभियान पुन:सुरु

नेपालखोज २०७८ वैशाख ८ गते १८:१६

ललितपुर । ललितपुर महानगरपालिकाले ‘मास्क लगाऔँ, आफू बचौँ र अरूलाई पनि बचाऔँ’ अभियान अन्तर्गत निःशुल्क मास्क वितरणको काम फेरि सुरु गरेको छ ।यसअघि सुरु गरेको अभियानलाई कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि फेरि सुरु गरेको ललितपुर महानगरपालिकाले जनाएको छ ।

अभियान अन्तर्गत बुधवार ९आज० ललितपुर महानगरपालिकाभित्रका सार्वजनिक, निजी तथा भाडाका गाडीमा यात्रु, चालक र सहचालकलाई निःशुल्क मास्क वितरण गरेको महानगरका प्रवक्ता राजु महर्जनले बताए ।

मास्क वितरण गर्न र मास्क लगाउने तरिकाबारे जानकारी दिन ललितपुर महानगरका चोकचोकमा नगर प्रहरी खटिएका पनि उनले बताए ।

केही दिनयता कोरोना सङ्क्रमण दर बढ्न थालेपछि सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र सकेसम्म घरबाहिर ननिस्कन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया