मनकामना मन्दिरमा नियमितबाहेक पूजा गर्न नपाइने
नेपालखोज
२०७८ वैशाख ९ गते ७:२९

गोरखा । कोरोना संक्रमण दर दोस्रो लहरमा वढेसँगै जिल्लाका धार्मिकस्थलहरूमा वैशाख मसान्तसम्म नित्य पूजाबाहेकका पूजाआजामा गर्न रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै वैशाख मसान्तसम्म जिल्लामा रहेका सम्पूर्ण मठ, मन्दिर, चर्च, मस्जिद बन्द गर्ने जनाएको हो।
कोभिड १९ विपद व्यवस्थापन समितिको बैठकले जिल्लाका सबै मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिदमा हुने नित्य पूजा, ध्यान, प्रार्थनाबाहेक सबै पूजाआजा बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालीग्राम पौडेलले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया