सोमबार, वैशाख ८, २०८२

ट्रकले स्कुटरलाई ठक्कर दिँदा गोंगबुमा एकजनाको मृत्यु, एक घाइते

नेपालखोज २०७८ वैशाख ९ गते ८:१३

काठमाडौं । काठमाडौंको गोंगबुमा सवारीसाधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका २६, गोंगबु चोकमा प्रदेश नम्बरको ३-०१-००१ क ५३५२ नम्बरको मिनिट्रकले बा.६५प ६७१६ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा सर्लाही विष्णु गाउँपालिका २ की १८ वर्षीया शिल्पा ठाकुरको मृत्यु भएको हो ।

दुर्घटनामा सख्त घाइते ठाकुरको उपचारका क्रममा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा उदयपुर कटारीकी १८ वर्षीया क्रिस्मा विष्ट घाइते भएकी छन् । घाइते विष्टको ग्रान्डीमै उपचार भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार फरार रहेका मिनी ट्रकका चालकको खोजी भइरहेको छ । -रासस

प्रतिक्रिया