लुम्बिनी प्रदेश चेम्बर अध्यक्षमा पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा टंकप्रसाद पोखरेल मनोनीत भएका छन् । नेपाल चेम्बर अफ कमर्सको विधानबमोजिम पोखरेललाई तीनवर्षे कार्यकालका लागि प्रदेश अध्यक्षमा मनोनीत गरिएको हो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पोखरेललाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको पत्र बिहीबार हस्तान्तरण गरे । मल्लले पोखरेललाई कार्यकाल सफलताको शुभकामना दिए । अध्यक्ष मनोनीत पोखरेलले चेम्बरको संस्थागत विकासमा सिंगो प्रदेश लाग्ने प्रतिक्रिया दिए ।
‘प्रदेशमा विभिन्न अभियानमार्फत रोजगारी वृद्धि गर्ने र आयआर्जनमा जोड्नमा हाम्रो ध्यान हुनेछ,’ उनले भने, ‘चेम्बरको संस्थागत विकास गर्दै व्यावसायिक एकतामा जोड दिनेछौं ।’ रूपन्देहीलाई कर्मथलो बनाई २०५४ सालदेखि चेम्बर अभियानमा सक्रिय पोखरेल रूपन्देही व्यापार संघको २०६४ देखि २०७० सम्म अध्यक्ष थिए ।
जेसिज, रोटरी र सहकारीमा समेत कुशल नेतृत्व प्रदान गरेका पोखरेलले २०४५ देखि बुटवललाई कार्यक्षेत्र बनाई अटो मोबाइल्स, हाइड्रो, बैंकिङ र मेडिकल क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गरेका छन् ।
प्रतिक्रिया