डिल्लीबजारमा १२थरी मःम
नेपालखोज
२०७८ वैशाख १२ गते १२:४०

काठमाडौं। काठमाडौंको डिल्लीबजारमा १२थरी मःमः रेस्टुरेन्ट संचालनमा आएको छ। रेस्टुरेन्टमा १२ थरीका मःम पाइन्छ। पाँच सय स्क्वायर फिटमा रहेको रेस्टुरेन्टमा टेक अवे र होम डेलिभरी सेवा लिन सक्ने सञ्चालक सुनिम मैनालीले बताए।
उनका अनुसार अनलाइन डेलिभरीका लागि फूडमाण्डूलाई आवद्ध गरिएको छ। रेस्टुरेन्टमा १५० रुपैयाँमै विभिन्न प्रकारको मःमःको स्वाद लिन सकिने छ । रेस्टुरेन्टमा कोदो, फापर, ग्रिन, चिजलगायत विभिन्न थरीका मःमः पाइन्छ।
प्रत्येक परिकारमा तीन थरीको अचार राखिएको उनले जानकारी दिए। ग्राहकले झोल मःमःमा भने गुन्द्रुक र तामाको झोलसहितको भिन्न स्वाद लिन सक्नेछन्।
सम्बन्धित
प्रतिक्रिया