सांसदको कोरोना परीक्षणपछि मात्रै गण्डकी प्रदेशसभा बैठक बस्ने

गण्डकी । सांसदको कोरोना परीक्षणपछि मात्रै गण्डकी प्रदेशसभा बैठक बस्ने भएको छ । सांसद्को पीसीआर परीक्षणको माग गर्दै सत्तारुढ एमालेले नै अवरुद्ध गरेको गण्डकी प्रदेशसभाको बैठक सबै सांसद्को कोरोना परीक्षणपछि मात्रै बस्ने भएको हो ।
कोरोनाको जोखिम रहेको भन्दै पीसीआर टेष्ट नगरी बैठक चलाउन नदिने भन्दै सत्तारुढ दल नेकपा एमालेका सांसदहरुले प्रदेसभाको बैठक अवरुद्ध गरेको थियो ।
बैठक अवरुद्ध गरेपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबै सांसद्को स्वाब संकलन गरी परीक्षण गरिने सहमति जुटेको हो । परीक्षणपछि कोरोना पोजेटिभ देखिएका सांसदले बुधबार हुने मतदानमा भाग लिन पाउने भए पनि बोल्न भने दिइने छैन ।
प्रदेससभाको बैठक बुधबार दिउँसो १ बजेलाई बोलाइएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । त्यसअघि सत्ता पक्षका सांसद्ले बैठक सुरु हुनेबितिकै उठेर विरोध गरेका थिए ।
प्रतिक्रिया