पशुपति क्षेत्र विकास कोषको परिषद् सदस्यमा शिवाकोटी
नेपालखोज
२०७८ वैशाख १५ गते ७:४८

काठमाडौं । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा रमेश शिवाकोटी पुनः नियुक्त भएका छन्।
कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले सोमबार कोष कार्यालयमा शिवाकोटीलाई स्वागत गरेका थिए। स्वागत गर्दै थापाले भने– ‘एक ढिक्का भएर काम गर्नुपर्ने समयमा अनुभवी शिवाकोटीको आगमनले हरेक काम सहज हुनेछन् ।’शिवाकोटीले यसअघिको कार्यकालमा गरेको कामको प्रशंसा गर्दै थापाले थपे ‘पशुपतिको जग्गा खोजी तथा संरक्षण र आयव्ययमा पारदर्शी बनाउन यसअघि पनि उहाँको विशेष भूमिका थियो ।’
नवनियुक्त सदस्य शिवाकोटीले अघिल्लो कार्यकालमा जग्गा छानविन, प्रकाशन, सुनको जलहरी लगायतका समितिमा रहेर आफ्नो महत्वपुर्ण जिम्मेवारी निभाएका थिए ।
सम्बन्धित
प्रतिक्रिया