लागुऔषधसहित एकजना पक्राउ
नेपालखोज
२०७८ वैशाख १५ गते १६:३९

सुर्खेत। वीरेन्द्रनगर नगरपालिका–६ गण्डकी लाईनबाट २ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका–९ बस्ने भारत घर भएका २८ वर्षीय साजन अन्सारीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा साजनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया