सोमबार, वैशाख ८, २०८२

सिटिजन्सको १६८औं शाखा रौतहटको गरुडामा

नेपालखोज २०७८ वैशाख १५ गते १८:१०


राैतहट । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १६८ औं शाखा रौतहटको गरुडा संचालनमा ल्याएको छ । बैकका अनुसार आज बुधबार उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरिएको हो ।

बैकले हाल देशैभरी फैलिएका आफ्ना १६८ वटा शाखा, १११ वटा ए.टि.एम. र १०९ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यी शाखाहरू मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाप्रदानगर्नुका साथै सानातथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो,चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

प्रतिक्रिया