सोमबार, वैशाख ८, २०८२

धार्मिक/सांस्कृतिक स्थलमा भिड नगर्न महानगरवासीलाई आग्रह

नेपालखोज २०७८ वैशाख १६ गते १७:४७

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडाैं उपत्यका भित्रको धार्मिक तथा सांस्कृतिक स्थलहरुमा भिडभाड नगर्न महानगरबासिलाई अग्रह गरेका छन् ।

बिहीबार महानगरपालिका बासिलाई अपिल गर्दै प्रमुख बिद्यासुन्दर शाक्यले कोरोना संक्रमणको दोस्रो लहर काडमाडौंभित्र द्रुत गतिमा फैलन सक्ने भन्दै सरकारले जारी गरेको सुचनालाई आधार मानि स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड पालना गर्न आग्रह गरे ।

उनले काठमाडौं महानरपालिका देशको प्रमुख सांस्कृतिक शहर भएका कारण मठ, मन्दिर लगायत धार्मिक स्थलहरुमा पुजापाठ गर्ने प्रचलन रहेको भन्दै धार्मिक स्थलमा भिडभाड हुँदा संक्रमण फैलिने भएकाले ति स्थानहरुमा भिडभाड नगरीदिन अनुरोध गरेका हुन् ।

प्रमुख शाक्यले महानगरपालिका भित्र बसोबास गर्नेहरुमा कुनै प्रकारको स्वास्थ्य जटिलता आएका हटलाइन ११८०, मोवाईल नम्बरहरु ९८४९८५६६७२, ९८४९८५६६७१ र कोरोनाका विरामीहरुका लागि निशुल्क एम्बुलेन्स सेवा चाहिएमा १०२ मा सम्पर्क गर्न अनुरोध गरे ।

अन्य कुनै समस्या भएमा सम्बन्धित वडाका वडाअध्यक्षहरुको नम्बरमा सिधै सम्पर्क गर्न पनि प्रमुख शाक्यले अनुरोध गरेका छन् ।

प्रतिक्रिया