अन्तर्राष्ट्रिय श्रमिक दिवस आज, औपचारिक कार्यक्रम नहुने
नेपालखोज
२०७८ वैशाख १८ गते ७:०१

काठमाडौं । आज मे १ तारिख अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । यो १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस हो ।
कोरोना भाइरसको नयाँ भेरियन्टका कारण पुरै विश्व प्रभावित बनेका कारण धेरै औपचारिक कार्यक्रम भने गर्न सकिने अवस्था छैन ।
तर नेपालमा ‘कोरोना महामारीबाट बचौँ, बचाऔँ, मर्यादित रोजगारी, सामाजिक सुरक्षा लागू गरौँ’ भन्ने नाराका साथ यो वर्षको दिवस मनाइँदैछ ।
सरकारले बढ्दो कोरानाको जोखिमका कारण उपत्यकासहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा, आंशिक बन्द भएकाले श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले सामान्य भर्चुअलबाहेक अन्य औपचारिक कार्यक्रम गर्न सम्भव नभएको जानकारी दिएका छन् ।
गत बर्ष पनि श्रमिक दिवसमा कोरोनाकै कारण औपचारिक कार्यक्रम गरिएको थिएन ।
सम्बन्धित
प्रतिक्रिया