सोमबार, वैशाख ८, २०८२

काेराेना माहामारीमा सरकार गैरजिम्मेवार देखियाे: शान्ति समाज

नेपालखोज २०७८ वैशाख १८ गते १३:२५


काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले सरकारलाई नागरिकप्रति जवाफदेही बन्न आग्रह गरेको छ । सरकारले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ भन्ने अभिव्यक्तिप्रति मानवअधिकार तथा शान्ति समाजले आपत्ति जनाएको हो ।

मानवअधिकार तथा शान्ति समाजले एक विज्ञप्ति निकाल्दै यस्तो गैरजिम्मेवार र संवेदनहीन अभिव्यक्तिले त्रासमा रहेका नागरिकमा मनोवैज्ञानिक भय सृजना गरेको र महाविपत्तिको समयमा सरकारले निर्वाह गर्नुपर्ने न्युनतम दायित्वबाट सरकार च्युत भएको देखिएको उल्लेख गरेको छ ।

सरकार विहीनताको झल्को दिने गरी आएको त्यस्तो अभिव्यक्ति दुखद एवं दुर्भाग्यपूर्ण रहेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विश्वब्यापी महाविपत्तिको रुपमा रहेको कोभिड संक्रमणको सामना गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग र सहकार्य आदानप्रदान गर्न जरुरी रहेको तथा संकटमा सरकार लगायत कसैले पनि संयम गुमाउन नहुने जनाएका छन् ।

सबै क्षेत्र, समुदायसंग सहकार्य गर्न शान्ति समाजले बारम्बार आग्रह गर्दै आएको र यो संकटबाट मुक्तिका लागि राष्ट्रिय सहमति कायम गर्दै सम्पूर्ण साधन, स्रोत परिचालन र सामथ्र्यको प्रदर्शन गर्न सरकार लगायत संवद्ध सबैलाई शान्ति समाजले आग्रह गरेको छ ।

त्यसैगरी आफ्नो क्षमताले भ्याएसम्म शान्ति समाज सदैव सहयोगीको रुपमा प्रस्तुत हुने प्रतिवद्धता व्यक्त गर्दै, अराजकता र अव्यवस्थालाई बढावा दिने काम कसैले पनि गर्न नहुनेतर्फ शान्ति समाज पुन ध्यानाकर्षण गराउने विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया