आइतबार, वैशाख ७, २०८२

गण्डकीमा आठ काेराेना संक्रमितकाे ज्यान गयाे, थप १९१ जनामा संक्रमण पुष्टि

नेपालखोज २०७८ वैशाख १९ गते १५:४६

पोखरा ।गण्डकी प्रदेशमा आठ काेराेना संक्रमितकाे ज्यान गएकाे छ । गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पछिल्ला दिनहरुमा काेराेना संक्रमणले भयावह रुप लिने क्रम जारी छ । संक्रमणको हटस्पट बनेको पोखरामा मात्रै आज थप १९१ जनामा संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा १०१ जना तथा लाइफ केयर डाइग्‍नस्टिकमा गरिएको परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको हो बताइएकाे छ ।

त्यसैगरी पोखराका ५ सहित थप ८ जना संक्रमितको उपचारका क्रममा पोखराका विभिन्‍न अस्पतालमा ज्यान गएको छ । पोखराका ५ तथा पर्वत दाङ र रुपन्देहीका १ १ जना संक्रमितको पोखरामा ज्यान गएको हो । पोखराका १९१ सहित गण्डकी प्रदेशभर आज कुल २३५ जनामा संक्रमण पुष्टि भएको छ जससँगै कुल संक्रमितको संख्या १८ हजार ८९६ पुगेको छ ।

प्रतिक्रिया