नागरिक एपमार्फत प्रधानमन्त्री ओलीले खाेले नेपाल बैंकमा खाता
नेपालखोज
२०७८ वैशाख २० गते ११:४९

काठमाडौं । चौथो राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपको शुभारम्भ गर्दे उक्त एपमार्फत नेपाल बैंक लिमिटेडमा अनलाईन खाता खोलेका छन् ।
नागरिक एपबाट प्यान कार्ड, प्रहरी रिपोर्ट, मालपोत, शैक्षिक प्रमाणपत्र, नागरिकता, पासपोर्ट एवं मतदाता कार्ड सहितका विवरण समावेश गरिएको छ ।
नागरिक एपमा रहेको क्यूआर कोड प्रयोग गरी अनलाईनबाट बैंक खाता, लोक सेवा फाराम भर्न, सिमकार्ड खरिदका साथै पहिचान आवश्यक पर्ने सबै स्थानमा उपयोगी हुनेछ ।
नेपाल बैंक लिमिटेडले देशभर रहेका २०७ शाखा, ४१ एक्स्टेन्सन काउण्टर, १४६ वटा एटिएम सहित डिजिटल बैंकिङ्गमार्फत् उच्चतम बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया