मलामी गएका एकै गाउँका ३१ जनामा सङ्क्रमण
नेपालखोज
२०७८ वैशाख २० गते १३:०५

महोत्तरी । कोरोनाबाट मृत्यु भएका व्यक्तिको गत बुधबार मलामी गएका महोत्तरीका एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ ।
जिल्लाको मनरासिस्वा नगरपालिका ९, स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन् ।
गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । मलामीमा गएका ६०/७० जनामध्ये ४५ जनाले पीसीआर जाँच गराउँदा ३१ जनामा कोरोना संक्रमण देखिएको हो ।
सम्बन्धित
प्रतिक्रिया