काेराेना संक्रमित प्रेमध्वज प्रधानकाे स्वास्थ्यमा सुधार
नेपालखोज
२०७८ वैशाख २० गते १४:५३

काठमाडाैं । कोरोना संक्रमित भई उपचार गराई रहेका गायक प्रेमध्वज प्रधानकाे स्वास्थ्यमा सुधार भएकाे छ ।
उनको काठमान्डौंको सुन्धारास्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
संगीत समीक्षक प्रकाश सायमीले डा. प्रवीण श्रेष्ठलाई उद्धृत र्दै गायक प्रधान छिट्टै डिस्चार्ज हुने जनाएका छन्।
८३ वर्षका प्रधान नेपाली संगितका चिनिएका हस्तीहरूमध्ये एक हुन् ।
यसै वर्षकाे असारमा उनी ८४ वर्षमा प्रवेश गर्दै छन्।
सम्बन्धित
प्रतिक्रिया