सोमबार, वैशाख ८, २०८२

सेनाले देशभर एक हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्ने

नेपालखोज २०७८ वैशाख २० गते १६:२६

काठमाडौं । नेपाली सेनाले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणमा लागि देशभर १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्ने भएको छ। सरकारले प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शैयाको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिएको प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने क्रममा जानकारी दिए।

प्रधानमन्त्रीका अनुसार वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैया भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिने छ।

प्रधानमन्त्री ओलीले सबैजसो अस्पताललाई कोभिडको उपचार गर्नसक्ने स्थितिमा पुर्‍याइएको बताए। ‘गत एक वर्षको तुलनामा स्वास्थ्य संरचनामा उल्लेखनीय सुधार गरिएको छ । सबै स्थानीय तहमा ५ देखि १५ शैयाका आधारभूत अस्पताल निर्माण र केद्र तथा प्रदेशमा संक्रामक रोग अस्पताल निर्माणलाई तीब्रता दिइएको छ,’ उनले भने। 

प्रतिक्रिया