मेगा बैंकबाट किस्ताबन्दीमा म्याट्रेस किन्न पाइने
नेपालखोज
२०७८ वैशाख २१ गते ८:५२

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना क्रेडिट कार्डका ग्राहकहरुलाई ग्रिन बुटी ब्रान्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ ।
आई बोस ग्लोबल लाइफ इन्टरनेसनलसँग भएको सम्झौताअनुसार मेगा बैंकले किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याएको हो । ग्राहकहरुले भौतिक रुपमा तथा आई बोस लाइफ डटकमबाट पनि म्याट्रेस खरिद गर्न सक्नेछन् ।
यसरी किस्ताबन्दीमा खरिद गरेबापत बैंकको ब्याज निःशुल्क गरिएको छ भने कुल मूल्यको शतप्रतिशतसम्म फाइनान्सिङको सुविधा उपलब्ध गरिएको छ । आई बोस ग्लोबल लाइफ इन्टरनेसनल उत्कृष्ट म्याट्रेस उत्पादन गरिरहेको नेपाली कम्पनी हो । आई बोसले ग्रिन बुटी ब्रान्डका ८० हजारदेखि डेढ लाख रुपैयाँसम्मका म्याट्रेस उत्पादन गरिरहेको छ ।
ग्राहकहरुलाई ६ महिना तथा एक वर्ष गरी दुईवटा किस्ताबन्दीको सुविधा दिइएको मेगा बैंकले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया