सोमबार, वैशाख ८, २०८२

२६७ प्रतिशतले बढ्यो आशा लघुवित्तको नाफा

नेपालखोज २०७८ वैशाख २१ गते १५:०२

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा बढेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा आशा लघुवित्तको खुद नाफा २६७.८२ प्रतिशतले बढेको हो ।

गत आवको यसै अवधिमा दुई करोड ९० लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ६७ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

चुक्ता पुँजी २६ करोड ७१ लाख ३१ हजार रुपैयाँ रहेको आशा लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ३६.६३ रुपैयाँ बढेर ५३.२९ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १५७.४० रुपैयाँ पुगेको छ । पीई रेसियो भने ३२.४६ गुणा छ ।

आशा लघुवित्तले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार एक अर्ब १९ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन तथा दुई अर्ब ११ करोड २३ लाख रुपैयाँ सापटी लिएर तीन अर्ब ६३ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया