अक्सिजनका सिलिन्डर वितरण गर्दै पल शाह (तस्बिरसहित)
नेपालखोज
२०७८ वैशाख २३ गते ८:२४

काठमाडौं । चलचित्र अभिनेता पल शाहले अक्सिजन सिलिन्डर अभाव कम गर्न संकलन गरेर वितरण गरेका छन् ।
उनले अक्सिजन नपाएर समस्यामा परेका अस्पतालहरुमा अक्सिजनका सिलिन्डर वितरण गरेका हुन् ।
‘अक्सिजन नपाएर अस्पतालमा समस्यामा परेकाहरूलाई सहयोग गरेका हौं,’ उनले भने, ‘हामीले थन्किएका सिलिन्डर जम्मा गरेर अक्सिजन भरेर अभाव भएका ठाउँमा पूर्ति गरेका हौं ।’
अभिनेता शाहले वितरण गरेको अक्सिजनले केही न केही सुविधा पुग्ने भएको छ । उनले गरेको अक्सिजन वितरणको कामले सामाजिक सन्जालमा पनि खुबै चर्चा पाइरहेको छ ।


सम्बन्धित
प्रतिक्रिया