एक करोडको लगानीमा पशुपालन र रेस्टुरेन्ट सञ्चालन

म्याग्दी । म्याग्दीका एक व्यक्तिले छ वर्षसम्म कोरियामा कठोर परिश्रम गरेर कमाएको एक करोड रूपैयाँ स्वदेश फर्केर आफ्नै गाउँमा पशुपालन र रेष्टुरेन्टमा लगानी गरेका छन् ।
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका ४० वर्षीय रमेश रावलले छ वर्ष कोरियामा कमाएको पैसा गाउँमै पशुपालन र रेष्टुरेन्टमा लगानी गरेका हुन् ।
रावलले बेनी–बागलुङ सडक खण्डको रत्नेचौरमा रु ५० लाखको लगानीमा गाईभैँसी पालन शुरु गरेका हुन् । गत सालदेखि गाईभैँसी पालन शुरु गरेका रावलको पशु फर्ममा आठवटा गाई र पाँचवटा भैँसी छन् ।
गाई र भैँसीबाट दैनिक १०० लिटर दूध उत्पादन हुने र त्यो दूध बेनी र बागलुङको बजारमा रहेका दूध डेरीमा बिक्री गर्दै आएको रावलले बताए ।
गत वर्ष कोरोनाका कारण लकडाउन भएपछि उनले गाईभैँसीपालन शुरु गरेका थिए । रावलले अहिले ५० रुपैयाँ लाखको लगानीमा पशु फार्म नजिकै रेष्टुरेन्ट सञ्चालनका लागि संरचना निर्माण गर्दै गरेको बताए ।
आधुनिक किसिमको रेष्टुरेन्टको भौतिक संरचनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको उकोको भनाइ छ ।
पशुपालनबाट आम्दानीसमेत हुन थालेपछि रावलले रेष्टुरेन्ट सञ्चालन गर्न थालेको बताए । रेष्टुरेन्ट सञ्चालन गर्नका लागि आकर्षक भवनहरु निर्माण हुँदैछन् ।
वर्षौँदेखि बाँझो पल्टिएको आफ्नो जमीनमा उनले पशु फार्म र रेष्टुरेन्ट सञ्चालन गरेका हो । बागलुङ र म्याग्दी दुवैतिरका मानिसलाई पायक पर्ने ठाउँमा पाँच कोठाको आकर्षक रेष्टुरेन्ट निर्माण भइरहेको छ ।
विशेषगरी म्याग्दी र बागलुङका ग्राहकलाई लक्षित गरी होटल सञ्चालन गरेका उनले बागलुङदेखि मुक्तिनाथ र गलेश्वर जाने आन्तरिक तथा बाह्य पर्यटकले समेत सेवा लिन सक्ने बताए ।
रावलले आफ्नो पशु फर्ममा चार जनालाई रोजगारीसमेत दिएका । उनीहरुलाई राम्रो सेवा सुविधा दिएर राखेको रावल बताए ।
प्रतिक्रिया