मंगलबार, वैशाख ९, २०८२

वैदेशिक राेजगार विभाग भाेलिदेखि बन्द, अनलाइन सेवा भने नियमित !

नेपालखोज २०७८ वैशाख २३ गते १३:५७

काठमाडाैं । वैदेशिक रोजगार विभागले अनलाइनमार्फत मात्र पुनः श्रम स्वीकृति दिन वैदेशिक रोजगार कार्यालयहरुलाई निर्देशन दिएको छ । भाेलि (२४ गते ) बाट लागु हुने गरी श्रम, रोजगार तथा वैदेशिक विभागले कोरोनाको दोस्रो लहरका कारण सबै क्षेत्र बन्द रहेकाले लकडाउन अवधि कायम रहेसम्म साथै अन्तर्राष्ट्रिय उडानहरु पनि नियमित नभएसम्म कार्यालय बन्द गर्ने निर्णय गरेको हाे ।

विभागको निर्देशनअनुरुप भौतिक रुपमा उपस्थित भएर दिइने सेवाहरु जस्तो- अन्तिम श्रम स्वीकृति, वैधानिकीकरण तथा नयाँ श्रम स्वीकृति अन्तर्राष्ट्रिय उडान सञ्चालन नभएसम्मका लागि बन्द गरेको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।

अनलाइनमार्फत पुनः श्रम स्वीकृति भने प्रदान गरिने कार्यालयले जनाएको छ । अनलाइन सेवाबारे थप जानकारीका लागि वैदेशिक रोजगार कार्यालयमा सम्पर्क गरेर बुझ्न सकिनेछ ।

No description available.

प्रतिक्रिया