मंगलबार, वैशाख ९, २०८२

निषेधाज्ञा जारी हुने जिल्लाको संख्या ६० पुग्यो

नेपालखोज २०७८ वैशाख २४ गते ९:१०

काठमाडौं । देशभर पूर्ण तथा आंशिक रुपमा निषेध आदेश जारी हुने जिल्लाको संख्या ६० पुगेको छ । मोरङ र बाग्लुङका केहि क्षेत्रमा आज बिहानबाट लागुहुनेगरि निषेधाज्ञा जारी गरिएसँगै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ६० पुगेको हो ।

बारा, सिरहा, सिन्धुपाल्चोक र बाग्लुङका केहिक्षेत्रमा हिजो (शुुक्रबार) देखि निषेध आदेश लागू भएसँगै निषेधाज्ञा जारी हुने जिल्लाको संख्या ६० पुुगेको गृहमन्त्रालयले जनाएको हो ।

त्यस्तै महोत्तरी, म्याग्दी, मुगु, तनहुँ, दोलखा र धनकुटामा बिहीबार रातिदेखि निषेध आदेश लागू भएको थियो ।

मन्त्रालयको तथ्यांकअनुसार धनकुटा, सिन्धुपाल्चोक, इलाम, तनहुँ, म्याग्दी, ताप्लेजुङ, रामेछाप, कालिकोट, स्याङ्जा, मकवानपुर, गोरखा, काभ्रे, मोरङका केहिक्षेत्र, दार्चुला र बाग्लुङमा चार किल्ला तोकेर आंशिक क्षेत्रमा निषेध आदेश लागू गरिएको छ ।

अधिकांश जिल्लामा जिल्लाभर नै पूर्णरुपमा निषेध आदेश लागू भएको गृहमन्त्रालयले जनाएको छ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय तहलाई सुुम्पिएको छ ।

प्रतिक्रिया