मंगलबार, वैशाख ९, २०८२

सुन एकैदिन तोलामा एघार सय रुपैयाँले बढ्याे

नेपालखोज २०७८ वैशाख २४ गते १२:२६

काठमाडाैं । सुनको भाउ आज पनि बढेको छ । सुन आज तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

हिजो तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एकैदिन तोलामा एघार सय रुपैयाँ बढेको हो । त्यस्तै चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १३ सय ५० रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया