सरकार छैन, तर म छु नि
दीर्घराज उपाध्याय
२०७८ वैशाख २६ गते १५:१३

हामीले भेन्टिलेटर माग्यौं,
सरकारले छैन भन्यो,
हामीले आईसियु माग्यौं
सरकारले संभव छैन भन्यो,
हामीले अक्सिजन माग्यौं
सरकारले त्यो त असंभव भन्यो,
हामीले बेड माग्यौं
सरकारले दिन सक्दैनौ भन्यो
र
मृत्युले भन्यो, म छु नि त,
तिमीहरुको सरकार पो छैन ।
सम्बन्धित
प्रतिक्रिया